देउवाले भने,‘महाअभियोग प्रस्तावबारे जनमतविरुद्ध जाँदैनाैं’

देउवाले भने,‘महाअभियोग प्रस्तावबारे जनमतविरुद्ध जाँदैनाैं’

काठमाडौंः संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे जनमत बुझेर निर्णय लिइने बताएका छन्।

कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग तत्काल पारित गर्नका लागि दबाब दिन बूढानिलकण्ठस्थित निवास पुगेको नेविसंघसहितको संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले कांग्रेसले जनमतविरुद्ध गएर कुनै निर्णय नलिने बताएका हुन्।

देउवाले भने,‘कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे केन्द्रीय समितिमा छलफल भइरहेको छ। हामी जनताको आकंक्षा अनुसारको निर्णय गर्छौं।’

उनले केन्द्रीय समिति बैठक जारी रहेको र छिट्टै संसदीय दलको बैठक पनि राखेर कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे कांग्रेसले संस्थागत निर्णय लिने जानकारी दिए। देउवाले भने,‘यसबारे मेरो व्यक्तिगत कुरा केही छैन। हामी जनमतविरुद्ध निर्णय गर्दैनौं, ढुक्क भए हुन्छ।’

कांग्रेसका युवा नेताहरुले जारी केन्द्रीय समितिको बैठकमा कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा पार्टी उभिन नेतृत्वलाई दबाब दिएका छन्। केन्द्रीय सदस्यहरु विश्वप्रकाश शर्मा, गगन थापा, धनराज गुरुङ, प्रदिप पौडेललगायतले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा उभिन दबाब दिँदै आएका छन्।

कार्कीविरुद्ध एमाले र माओवादी केन्द्रका एक सय ५७ सांसदले संसदमा गत बुधवार महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेपनि कांग्रेसले भने आफ्नो आधिकारिक निर्णयमा पुग्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.