बुम रेमिटेन्स र सिभिल बैंकबीच सम्झौता
काठमाडौः बुम रेमिटेन्स प्रालि र सिभिल बैंक लिमिटेडबीच रेमिटेन्स सम्झौता भएको छ ।
बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सिभिल बैंक लिमिटेडका ५१ वटा शाखामार्फत भुक्तानी गर्नुको साथै बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषणका लागि सम्झौता भएको हो ।
सम्झौतापत्रमा रेमिटेन्सकोतर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले हस्तक्षर गरेका थिए । हाल बुम रेमिटेन्सले खाडि मुलुकबाट रेमिटेन्सको कारोवार गर्दै आएको छ र चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाटसमेत कारोवार सुरु गर्ने जनाएको छ ।
आन्तरिक सञ्जाललाई तीबरूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफ्नो सञ्जाललाई विस्तार गर्दै जाने जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तका अनुसार रेमिटले विभिन्न बैंकसँग सहकार्य गरी विदेशमासमेत बजार प्रवद्र्धन गर्दै नेपाली कामदारको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमिटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा बैंकिङ साक्षरता कायक्रम गर्दै आएको उनले बताए ।