स्वदेशी लघुवित्तको दोस्रो साधारण सभा
काठमाडौः स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लालमणी जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । अध्यक्षका अनुसार संस्थाले छोटो समयमा ३९ जिल्लामा ४७ वटा शाखा कार्यालय स्थापना गरी एक करोड ५५ लाख नाफा कमाउन सफल भएको छ । संस्थाका कम्पनी सचिव राजेन्द्र प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्दै गुणस्तरीय लगानी, सुशासन युक्त कर्मचारी संरचना र परिणाममुखी प्रतिफल आउने गरी संस्थाले कार्यगर्ने प्रतिवद्धता व्यक्त गरेको संस्थाले जनाएको छ ।