सनराइज बैंक र जेएमईबीच सम्झौता
काठमाडौः सन्राइज बैंक लिमिटेड र जेएमई रेमिट कम्पनी प्रालि बीच रेमिटेन्स सम्झौता भएको छ ।
बैंकको प्रधान कार्यालय गैह्रिधारामा सम्पन्न उक्त सम्झौतामा बैंकका तर्फबाट नायव महाप्रबन्धक रविन नेपाल र जेएमई रेमिटका तर्फबाट कम्पनीका अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार जेएमई रेमिटमार्फत जापानको जुनसुकै ठाँउबाट पठाएको रकम सेवाग्राहिले सन्राइज बैंकको ६७ वटा शाखा र २ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।