एघार प्रतिशत बोनस सेयर दिने ज्योति बैंकको घोषणा
काठमाडौः ज्योति विकास बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई ११.७० प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीके ११.७० प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हो । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भई वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने बैंकले जनाएको छ ।
साथै, बैंकले नेपाल राष्ट्र बैंकबाट जारी पुँजी योजना अनुसार २०७४ आषाढ मसान्तसम्ममा राष्ट्रिय स्तरको विकास बैंकका लागि दुई सय ५० करोड पुर्याउनु पर्ने भएकोले हाल कायम रहेको चुक्ता पुँजीमा बोनस सेयर ११.७० प्रतिशत जारी भएपश्चात कायम हुन आउने सेयर पुँजीमा एक बराबर एकको दरले हकप्रद शेयर जारी गर्ने भएको छ । त्यसपश्चात नपुग रकमका हकमा चालु आवको मुनाफाबाट तोकिएको चुक्ता पुँजी पुर्याउने निर्णय बैंठकले गरेको छ ।