उच्च सैनिक अधिकारीको गोली हानी हत्या
![उच्च सैनिक अधिकारीको गोली हानी हत्या](https://annapurnapost.prixacdn.net/media/albums/Egypt-580c6de4d32f62.09252180_ddm6Ea8pIC.png)
कायरोः इजिप्टको उत्तरी क्षेत्र सिनाइएमा कार्यरत उच्च सैनिक अधिकारीलाई उनको घर नजिकै कायरोमा शनिबार गोली हानी हत्या गरिएको इजिप्टको राज्य सञ्चालित अहराम पत्रिकाले जनाएको छ ।
इजिप्टको तनावग्रस्त सिनाइ प्रान्तमा सशस्त्र विभागको नेतृत्व सम्हाल्दै आएका ब्रिगेडियर जनरल अदेल रजाइलाई शनिबार बिहानै उनकै घर अगाडि गोली हानी हत्या गरिएको थियो ।
घटनामा रजाइका ड्राइभरलाई समेत हत्या गरिएको छ भने उनका अङ्गरक्षक गम्भीर घाइते भएका हुन् ।
रजाइका श्रीमतीका अनुसार तीन जना आक्रमणकारी घर अगाडि गाडीमा लुकेर बसेका र रजाइ घरबाट निस्किँदा साथ आक्रमण गरेको बताए । आक्रमणको तत्कालै कुनै समूहले जिम्मेवारी लिएको छैन । एजेन्सी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)