सबै विद्यार्थी संगठनको एउटै माग : महाअभियोग पारित गर

सबै विद्यार्थी संगठनको एउटै माग :  महाअभियोग पारित गर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई पारित गर्न ठूला दल एकताबद्ध भई जिम्मेवारीका साथ अगाडि बढ्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा विभिन्न सङ्गठनका विद्यार्थी नेताले मुलुकमा विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब पारित गराउन सुझाएका हुन् ।

सो अवसरमा सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अख्तियार प्रमुख कार्कीले न्यायालयका विरुद्ध गतिविधि गरेकोमा दुःख व्यक्त गर्दै त्यस्तो छुट कसैलाई पनि नरहेको बताइन् ।

नेवि सङ्घका महामन्त्री कुन्दन काफ्लेले मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्नुपर्नेमा जोड दिए। उनले महाअभियोगलाई सबै दलहरु मिलेर छिटो टुंगो लगाउनुपर्ने सुझाव दिए।

अनेरास्ववियू (क्रान्तिकारी केन्द्र) का अध्यक्ष नरेन्द्र न्यौपानेले देशमा कानुनी राज्य तथा जनताको सार्वभौम अधिकारलाई गरिमामय बनाउन सो प्रस्ताव अविलम्ब पारित गराउन माग गरे ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) निकट विद्यार्थी सङ्गठनका अध्यक्ष कपलेश्वर यादवले विधि र प्रक्रियाका आधारमा सो प्रस्तावलाई चाँडो किनारा लगाउन आग्रह गरे।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले मुलुकमा विधिको शासन कायम गरी लोकतन्त्रलाई संस्थागत गर्न सो सङ्गठनले आवश्यकताअनुसार दबाबमूलक कार्यक्रम गर्ने जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.