'महाभियोगले अख्तियारलार्इ आहत बनायो'

'महाभियोगले अख्तियारलार्इ आहत बनायो'

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले नेतृत्वविरुद्धको महाभियोगले आयोगलाई आहत बनाएको बताएका छन् । उनले संवैधानिक दायित्व र कार्यसम्पादनबाट अख्तियार विचलित नहुने भनाइ पनि राखेका छन् । आयोगका कर्मचारीलाई आइतबार निर्देशन दिँदै बस्न्यातले भने, 'संसद्ले गर्ने निर्णय सबैका लागि शिरोधार्य हुन्छ ।'

'आयोग एउटा जीवन्त संस्था भएकाले निश्चित घटनाविशेषका आधारमा आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा विचलन आउँदैन', उनले भने ।

आयोग नेतृत्वविरुद्धको प्रस्तावले संसद्मा प्रवेश पाइसकेको हुँदा उक्त प्रकरण संवैधानिक प्रक्रियाबाटै निरूपण हुने र संसद्को निर्णय सबैका लागि शिरोधार्य हुने बस्न्यातको भनाइ थियो ।

उनले आयोगका कर्मचारीलाई संवेदनशील भएर आयोगको मर्यादा र छवि उचो राख्ने गरी कार्यसम्पादन गर्न सुझाव दिए । अख्तियार प्रवक्ता गणेश कार्कीका अनुसार उजुरीमा सरोकार राख्ने जोकसैलाई दुःख र हैरानी नदिई सम्मानजनक व्यवहार गर्न पनि कर्मचारीलाई सुझाव दिइएको थियो ।

आयोगको अनुसन्धान प्रक्रिया र गोपनीयताको विषय संवेदनशील हुने भएकाले त्यसप्रति जिम्मेवार रहन र आयोगको आधिकारिक धारणा प्रवक्तामार्फत सार्वजनिक गर्न पनि बस्न्यातले सजग गराए ।

उनले आयोगमा परेका उजुरीसँग सरोकार राख्ने जोकसैलाई दुःख नदिने र अनुसन्धानको दायरामा आएका सबैमाथि सम्मानजनक व्यवहार गर्नसमेत निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.