चोरी गर्दा गर्दै समातिए चोर

चोरी गर्दा गर्दै समातिए चोर

काठमाडौं: शंखमूलमा चोरी गर्दागर्दै प्रहरीले चोर पक्राउ गरेको छ । आइतबार अपराह्न स्थानीय भरत शाक्यको घरको मूलढोका फोरेर भित्र छिरी धमाधम चोरी गर्दा प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी) ले दोलखाका रमेश श्रेष्ठलाई समातेको हो ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी नारायण चिमोरियाका अनुसार श्रेष्ठ शाक्यको घरमा कोही नभएको मौका छोपी मूलढोका फुटाएर भित्र पसेका थिए । प्रहरी आएको सूचना पाएपछि भाग्न खोज्दा उनी पक्राउ परेका हुन् । प्रहरीले श्रेष्ठबाट लागूपदार्थ खैरो हेरोइन, ढोका फोड्न प्रयोग हुने फलामे औजार, चोरीको मोबाइल र सुनको मुन्द्रा बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रेष्ठ उपत्यकामा भएको शृंखलाबद्ध चोरीका घटनामा संलग्न फरार अभियुक्त हुन् । प्रहरीले ठूलै समूह भएको आशंकामा अनुसन्धान अगाडि बढाएको छ ।

चिमोरियाका अनुसार श्रेष्ठ एक वर्षदेखि चोरीका घटनामा संलग्न रहेको उनी स्वयंले बयान दिएका छन् । 'राजधानीका पुरानोबानेश्वर, जडीबुटी, स्वयम्भू, गोंगबु, पेप्सीकोला, पुरानो बसपार्कलगायत ३२ ठाउँमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, थप अनुसन्धान भइरहेको छ', चिमोरियाले भने । उनका अनुसार श्रेष्ठ कोटेश्वरमा डेरा गरी बस्दै आएका थिए ।

महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने, 'चाडबाडको समयमा चोरीका घटना अन्य समयभन्दा अलि बढी हुँदै आएका छन् । यस्ता घटनालाई ध्यानमा राखी काठमाडौं प्रहरी र महाशाखाको टिम बनाएर सूचना संकलन गरी सप्रमाण चोर पक्राउ गर्ने अप्रेसन चलाएका छौं ।'

महाशाखाले डीएसपीको नेतृत्वमा चोरी पिलर नै खडा गरेर लामो समयदेखि चोरी, लुटपाट र डकैतीका घटनाको अनुसन्धान एवं कारबाही गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.