प्रधानमन्त्री प्रचण्ड र भियतनामी राजदूतबीच भेटवार्ता
![प्रधानमन्त्री प्रचण्ड र भियतनामी राजदूतबीच भेटवार्ता](https://annapurnapost.prixacdn.net/media/albums/Prachanda-and-Viatenam-Ambassador-580dacfab944d4.26930388_sXt4Q3LRBr.jpg)
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भियतनामी राजदूत टोनसिङ थान्हबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र भियतनामबीचको आपसी सम्बन्ध र द्वीपक्षीय हितका विषयमा कुराकानी भएको थियो।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भियतनामबीच लामो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका थिए। उनले पछिल्लो समय नेपाल र भियतनामबीचको सम्बन्धमा निकटता बढेकोमा खुसी व्यक्त गरे।
भेटमा भियतनामी राजदूत थान्हले नेपाल र भियतनामबीच उच्चस्तरीय राजनीतिक भेटघाट गरेर दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)