त्रिशक्ती सिमेन्टको डिलर भेला सम्पन्न

त्रिशक्ती सिमेन्टको डिलर भेला सम्पन्न

काठमाडौः नारायणी सिमेन्ट उधोग प्रालिले सिराहाको लाहानमा सिरहा र सप्तरी जिल्लाका डिलर र डकर्मी भेला सम्पन्न गरेको छ । भेलामा दुई सय भन्दा बढी राजमिस्त्री र डीलरहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

उक्त भेलालाई सम्बोधन गदै उद्योगका प्रबन्ध सञ्चालक सतिसकुमार चाचनले उद्योगबाट उत्पादन गरिएको त्रिशक्ती प्रिमियम ओपीसी, त्रिशक्ती सुपर पीपीसी र बज्रशक्ती पीपीसीको उत्पादन प्रक्रिया, गुणस्तरियता र बजार प्रवद्र्धनका साथै भावी योजना र रणनीतिका बारे जानकारी गराएका छन् ।

नारायणी सिमेन्ट उद्योग प्रालिबाट उत्पादित ब्रान्डलाई यो अवस्थासम्म पुर्‍याउने उद्योगका श्रमिक, कर्मचारी, डिलर र उपभोतालाई आभार प्रकट गरेका छन् । उनले आफ्नो उत्पादनको प्रतिस्पर्धा उपभोताका गुणस्तरीय घरको सपना मात्र रहेको बताउँदै बजारमा आएका विज्ञापनको अस्वस्थ प्रतिस्पर्धामा विश्वास नगर्न सबै डिलर र उपभोतामा अनुरोध गरेका छन् ।

२०५९ सालमा एउटा प्लान्टवाट ३५० टनबाट उत्पादन सुरु गरेको यस उद्योगले हाल नेपालगञ्जको नयाँ प्लान्टबाट ४०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आईरहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.