सिद्धार्थ बैंकको १८० दिने मुद्दती खाता
काठमाडौः सिद्धार्थ बैंकले ग्राहकलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । सिद्धार्थ १८० दिने मुद्दती खाता छोटो अवधिमा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो ।
यस खातामा ग्राहकले ७.५ प्रतिशतको आकर्षक प्रतिफल पाउँने बैकले जनाएको छ । बैंकले आफ्ना ग्राहकलाई उच्चत्तम प्रविधियुक्त विभिन्न सेवा तथा सुविधा प्रदान गर्नुका अतिरिक आकर्षक प्रतिफलसहित सञ्चालनमा ल्याएको यस नविनतम मुद्दती योजनावाट बढी भन्दा बढी निक्षेपकर्ता लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बैंकले नेपालभर ६४ शाखा, ८१ एटीएम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।