सोलुखुम्बुमा पुलबाट खसेर एकको मृत्यु
![सोलुखुम्बुमा पुलबाट खसेर एकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/%E0%A4%AE%E0%A4%A4%E0%A4%AF-580ca4fdbf86e0-580dbcf90f6fa0.00827550_FCBZyB2Qef.jpg)
सोलुखुम्बु: सोलुखुम्बु चौरीखर्कमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चौरीखर्क–३ का गाग्रे लामिछानेका ३७ वर्षीय छोरा कुमार लामिछाने रहेको प्रहरीले जनाएको छ।
घर फर्कने क्रममा चौरीखर्क–६ र ९ नम्बर वडाको बीचमा पर्ने छुठावा खोलाको पुलबाट खसेका लामिछानेको शव बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घर फर्किने क्रममा उनी आइतबार राति नै पुलवाट खोलामा खसेको हुनसक्ने अनुमान गरिएको छ।
मजदुरीगर्दै आएका लामिछाने रेलिङ नभएकाले पुलबाट खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)