नेकपा संयुक्तले लोकमानविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने

नेकपा संयुक्तले लोकमानविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ।

नेकपा संयुक्तको केन्द्रीय समितिको बैठकले महाअभियोग प्रस्तावमाथि संसदमा मतदान भए महाअभियोगको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले जानकारी दिए। बैठकले प्रस्तावको समर्थनमा मतदान गर्न पार्टीका सांसदलाई निर्देशनसमेत दिएको शर्माले बताए।

बैठकले देश सङ्घीयतामा गइसकेको अवस्थामा पार्टी विधानलाई संशोधन गरी सङ्घीय संरचनामा परिमार्जन गर्ने समेत निर्णय समेत गरेको छ।

विधान संशोधन गरी पार्टीको साङ्गठनिक संरचना वडा, गाउँ नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रमा गरी पाँच तहको बनाइने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.