‘कार्कीविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियामा गइसक्यो, छिट्टै टुंगो लाग्छ’

‘कार्कीविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियामा गइसक्यो, छिट्टै टुंगो लाग्छ’

काठमाडौंः सभामुख ओनसरी घर्तीमगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव प्रक्रियामा गइसकेकाले त्यसको टुंगो छिट्टै लाग्ने बताएकी छिन्।

सिंहदरबारस्थित अाफ्नै कार्यकक्षमा संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले महाअभियोग लगाउने प्रक्रियामा गइसकेकाले त्यसको टुंगो छिट्टै लाग्ने बताएकी हुन्। उनले भनिन्,‘ कार्कीविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियामा गइसक्यो। अब त्यसको टुंगो लाग्छ, रोकिँदैन।’

उनले महाअभियोग प्रस्तावमाथि मंगलबार बस्ने संसद बैठकमा छलफल सुरु हुने र प्रक्रियामा कुनै ढिलाइ हुने बताइन्। सभामुख घर्तीले सर्वभौम संसदमा जनताका प्रतिनिधिले नै महाअभियोग प्रस्ताव दर्ता गरेकाले सांसदहरुले यसबारे विवेकपूर्ण निर्णय गर्ने बताइन्।

गत बुधवार एमाले र नेकपा माओवादी केन्द्रका एक सय ५७ सांसदहरुले अख्तियार प्रमुख कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्ताव आइतबार बसेको संसद बैठकमा पेश भएको थियो।

मंगलबारदेखि संसदमा कार्कीवरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने र छलफल सकिएपछि प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाइने छ। महाअभियोग समितिले प्रतिवेदन तयार गरेपछि संसद बैठकमा कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि मतदान हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.