मुगुमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु
![मुगुमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/tractor-accident-580dd84229a4b3.18286475_rgmXkVgn2n.jpg)
मुगुः मुगुको खमाले गाविस–५ खमालेमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार खाद्यान्न लिएर सुर्खेतबाट मुगु आउँदै गरेको भे १ च ६३१० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा सुर्खेत तरन्गा गाविस–८ का १६ वर्षीय ललित सारुमगर र मुगु गम्था गाविस–५ का ४० वर्षीय धनबहादुर डाँगर रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी लोकबहादुर जिसीले बताए।
जिसीका अनुसार ट्याक्टर चालक भने फरार छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)