अन्नपुर्णकर्मी दुवाडी सम्मानित

अन्नपुर्णकर्मी  दुवाडी सम्मानित

धादिङः अन्नपुर्णकर्मी मनिष दुवाडी कृषि पत्रकारीता पुरस्कार २०७३ बाट सम्मानित भएका छन् ।

विश्व खाद्य दिवसको अवसर पारेर जिल्ला कृषि विकास कार्यलय धादिङले आयोजना गरेको कार्यक्रमको अवसर पारी सम्मान गरिएको हो ।

वि.स.२०६४ सालदेखि पत्रकारीता क्षेत्रमा लागेका दुवाडी अन्नपूर्ण पोष्ट दैनिकका धादिङका संवाददाता हुन् । धादिङको नीलकण्ठ नगरपालिका ९ निवासी दुवाडी नेपाल पत्रकार महासंघ धादिङका सहसचिवसमेत हुन् ।

जिल्ला कृषि विकास कार्यलय धादिङले यसैवर्षदेखि प्रदान गर्न थालेको पुरस्कार हरेक वर्ष कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकासको क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरुलाइ प्रदान गरिने गरिन्छ ।

अघिल्लो वर्षको विश्व खाद्य दिवसको दिन पुरस्कार घोषणा गरिएको र एक वर्षको अवधिमा कृषि र खाद्यको क्षेत्रमा उत्कृष्ट समाचार लेखेको भन्दै नगद पुरस्कार सहित सम्मान गरिएको जिल्ला जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.