इराकी सेनाको अाक्रमणमा ७४ जना आईएस लडाकूको मृत्यु

इराकी सेनाको अाक्रमणमा ७४ जना आईएस लडाकूको मृत्यु

किरकुक: उत्तरी इराकको किरकुक प्रान्तमा इस्लामिक स्टेट (आईएस) समूहका लडाकूको प्रान्तीय राजधानीमा इराकी सेनाको अाक्रमणमा ७४ जना अार्इएस लडाकूको मृत्यु भएको छ।

गत शुक्रबार गरिएको कारबाहीमा ७४ जना आईएस लडाकूको मृत्यु भएको इराकी सुरक्षाकर्मीले सोमबार एक विज्ञप्ति जारी गरी दाबी गरेको छ। सुरकारी सुरक्षाकर्मी र पेशमेर्गा लडाकूको संयुक्त प्रयासमा करिब १०० जना आईएस लडाकूद्वारा गरिएको आक्रमणलाई निस्तेज पारिएको थियो। सोही क्रममा केही सुरक्षाकर्मी सामान्य घाइते भएको बताइएको छ।

सरकारी सेनाले उक्त आक्रमणको नेतृत्व गरेका केही सरकारी सेनाले आईएस नेता तथा लडाकूलाई सुरक्षा नियन्त्रणमा लिएको बताइएको छ। आईएस लडाकूले विस्फोटक भेस्ट लगाएर प्रहरी कार्यालय परिसरमा प्रवेश गरी आत्मघाती विस्फोट गराउन थालेपछि भएको प्रत्याक्रमणमा इराकी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको थियो।

आईएस विद्रोहीले प्रहरी कार्यालय आयास नामक कुर्दिस सुरक्षा दस्ता, केही सरकारी भवन तथा किरकुकमा अवस्थित मस्जिदमा एकैसाथ आक्रमण गरेपछि झडप सुरु भएको थियो। घटनास्थल इराकी राजधानी बग्दादबाट २५० किलोमिटर उत्तरमा अवस्थित रहेको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.