गगन थापाले भने–एक ठाउँ उभिएर महाअभियोग प्रस्ताव पारित गरौं

गगन थापाले भने–एक ठाउँ उभिएर महाअभियोग प्रस्ताव पारित गरौं

काठमाडौंः स्वास्थ्यमन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न सवैलाई अपिल गरेका छन्।

मंगलबारदेखि सुरु भएको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै स्वास्थ्य मन्त्री थापाले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका पक्षमा सबै सांसदले मतदान गर्नु पर्ने भन्दै त्यसका लागि अपिल गरेका हुन्।

थापाले सत्तासाझेदार दलसँग छलफल नै नगरी संसदमा प्रस्ताव दर्ता भएपनि अख्तियार प्रमुख कार्कीले पदीय मर्यादाविपरीत काम गरेकाले महाअभियोग प्रस्ताव पारित गर्नु पर्ने बताए।

सत्यका पक्षमा सवै दल उभिनु पर्ने भन्दै थापाले कार्कीविरुद्धको महाअभियोग प्रस्तावले सवै दललाई एक ठाउँमा उभ्याउने दाबी गरे। महाअभियोग प्रस्ताव कार्कीसँगमात्रै नभई आम नेपालीको स्वाभिमानसँग जोडिएको विषय भएको बताए।

थापाले कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्दा दलका शीर्ष नेताहरुले गम्भीर गल्ती गरेको आरोप लगाए। उनले भने,‘कार्कीको नियुक्ति गलत ढंगले गरिएको थियो। अब फेरि हामीले गल्ती दोहोर्याउनु हुँदैन।’

आफूसहितका केही नेताहरुले कांग्रेसका तत्कालीन पार्टी सभापति र राष्ट्रपति डा. रामबरण यादवलाई कार्कीलाई नियुक्ति नगर्न आग्रह गरेको स्मरण थापाले गरे।

‘हामीले नियुक्ति गलत छ भन्दा हाम्रा पार्टी सभापति र पूर्वराष्ट्रपतिले त्यतिबेला भन्नु भएको थियो। हामी हार्यौं। तर हामीले कोसँग हारेको हो? थापाले प्रश्न गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.