परराष्ट्रमन्त्री महत भोलि भारत जाने

परराष्ट्रमन्त्री महत भोलि भारत जाने

काठमाडौं: परराष्ट्रमन्त्री डा प्रकाशशरण महत भोलि भारतको नयाँ दिल्ली जाने भएका छन्।

मन्त्री महत आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बुधबार त्यसतर्फ जान लागेका हुन्।

बैठकमा नेपालका तर्फबाट मन्त्री डा महतले प्रतिनिधित्व गर्नेछन्। बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने मन्त्री महतले बताए।

बैठकमा अाफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि कुरा उठाउने मन्त्री महतले बताए।

बैठकमा नेपाल–भारतबीचका विभिन्न समयमा भएका सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा छलफल पनि हुनेछ। 

मन्त्री महत आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.