छाउपडीमुक्त गाउँ लागू गर्न सासूहरू प्रतिबद्ध

छाउपडीमुक्त गाउँ लागू गर्न सासूहरू प्रतिबद्ध

गमगढी: मुगुको सदमुकाम गमगढीबाट चार घन्टा रहेको रोवा गाविस-७ शोभा गाँउकी ६० वर्षीया चाँउली बुढाले आफू महिनावारी भएका बेला गोठमा बसेको कष्टकर दिन बिर्सेकी छैनन् । आफ्नोजस्तो कष्ट अरूले भोग्नु नपरोस् भनेर उनले छोरीबुहारी महिनावारी भएका बेला घरभित्र बैठक कोठामा राख्ने गरेकी छन् ।

चाँउलीजस्तै शोभा गाँउका १ सय २६ घरधुरीका आमा र सासूहरूले आफू महिनावारी हुँदा गोठमा बसेर कष्टकर दिन बिताएको भए पनि दुई वर्ष अगाडि छोरीबुहारीका लागि आफ्नो गाउँलाई छाउपडीमुक्त गाउँ घोषणा गरका थिए ।

महिनावारी हुँदा गोठमा राख्ने आमाहरूले आफ्ना छोरीबुहारीलाई घरभित्रको बैठक कोठासम्ममा राख्ने गरेको दुई वर्ष भएपछि मध्यपश्चिमकै शोभा गाउँ नमुना बनेको छ ।

स्थानीय गैरसरकारी संस्था हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेकले छाउपडी प्रथा तथा महिलाविरुद्ध हुने अन्य प्रकारका परम्परागत विभेदकारी प्रथा अन्मूलन गर्न अभियान सञ्चाल गरेपछि रोवा गाविसको शोभा गाउँलाई २०७० साल पुस ११ गते छाउपडीमुक्त गाउँ घोषण गरिएको थियो ।

हाल जिल्लाका ६ रुगा, रोवा, पिना, कार्कीबाडा, रारा र सेरी गाविसमा छाउपडी प्रथा तथा लैंगिक हिंसा न्यूनीकरणमार्फत मानवअधिकारको सम्मानमा अभिवृद्धि परियोजना सञ्चालन भएपछि महिनावारी हुँदा गोठमा बस्ने महिलालाई उनकै आमा, सासूहरूले घरभित्र राख्ने गरेका छन् । महिनावारी भएका बेला भान्सामा भने अहिलेसम्म नबसेको पिना ५ बालै गाउँकी पानसा भाम बताउँछिन् ।

महिनावारी हुँदा घरभित्र पसे घरका कुलदेवता रिसाउने परम्परागत सोचका कारण महिनावारी हुँदा महिलालाई पाँचदेखि सात दिनसम्म घरभन्दा परको गोठमा राख्ने गरिएको तथा सुत्केरी महिलालाई समेत गोठमा राख्ने गरेको पाइएको थियो । अहिले छाउपडी प्रथा उन्मूलनका लागि धामीझांक्रीसमेत निगरानी समितिमा बसेर अभियानमा लागेपछि सुधार आएको छ ।

छाउपडी प्रथा उन्मूलनका लागि ती गाविसका आमा, सासू र धामीझांक्री नै अगाडि सरेपछि महिनावारी हुँदा सरसफाइदेखि पोषिलो खानेकुरामा समेत आफैं ध्यान दिने गरेको शोभाकी असौजी बुढा बताउँछिन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.