पोखरा फाइनान्सद्वारा १४.२१ लाभांश दिने
काठमाडौं: पोखरा फाइनान्स लिमिटेड १४.२१ लाभांश प्रदान गर्ने भएको छ । संस्थाको मंगलबार कसेको २० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२ र७३ को लाभांश वितरणको लागि चुक्ता पुँजीको कुल १४.२१ प्रतिशत लाभांश पारित गरेको हो ।
उक्त लाभांश वितरणपछि संस्थाको कुल चुक्ता पुँजी ५५ करोड ७४ लाख २० हजार दुई सय ९२ पुग्नेछ । सभाले साधारण सेयरको नयाँ निष्काशन एवं १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयसमेत पारित गरेको जनाएको छ ।
फाइनान्सको हाल काठमाडौं, पोखरा, नयाँपुल एवं तनहुँको डुम्रे बजारसमेत गरी ६ वटा शाखा सञ्चालनमा रहेका छन् । भने निकट भविष्यमा अरु थप ३ शाखासमेत खोलिने संस्थाले जनाएको छ । संस्थाले यस अवधिमा निक्षेप तीन अर्ब आठ करोड ३३ लाख एवं कर्जा लगानीतर्फ दुई अर्ब ८० करोड ३६ लाख आर्जन गर्न सफल भएको छ ।