अरुण कावेली पावरको साधारण सेयर निष्काशन
काठमाडौं: अरुण कावेली पावर लिमिटडको ३० लाखकित्ता साधारण सेयर सर्वसाधारणमा मंगलबारबाट खुल्ला गरिएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिए उक्त सेयर १२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ । आवेदक तथा लगानीकर्तालाई आवेदन फारम बुझाउन सहज होस् भन्ने उद्देश्यले नेपाल भर ६४ संकलन केन्द्रमार्फत आवेदन फारम संकलन गर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यका भित्रका सिद्धार्थ बैंकका सबै शाखाकार्यालय (न्युरोड र हात्तिसार बाहेक), अरुण काबेलीको मूख्य कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौं र सिद्धार्थ क्यापिटल लिमिटेडको नारायणचौर नक्सालस्थित प्रस्तावित कार्यालय उक्त अरुण काबेली पावर लिमिटेडको साधारण सेयरको संकलन केन्द्रका रूपमा तोकिएको कम्पनीले जनाएको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्सालमा थप सहजताका लागि अपाङ, बृद्ध तथा महिलाको लागि छुट्टै काउन्टर व्यवस्था गरी उक्त सिद्धार्थ क्यापिटल लिमिटेड संकलन केन्द्रमा मात्र जम्मा ११ वटा काउन्टरको व्यवस्था गरिएको जनाएको छ । सिद्धार्थ क्यापिटल लिमिटेडबाट नगद मार्फत आवेदन फारम बुझिलिने व्यवस्था नरहेकोले सिद्धार्थ बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालय (हात्तिसार र न्यरोड बाहेक) वा अरुण कावेली पावर लिमिटेड, ट्रेड टावर, थापाथली मार्फत आवेदन बुझाउन सकिने व्यहोरासमेत जानकारी कम्पनीले गराएको छ ।