पामाकेयर नेपाल्स स्टार मोडलको अडिसन सम्पन्न
काठमाडौं: पामाकेयर नेपाल्स स्टार मोडल–२०१६ को बुटवल र धरान अडिसन भव्यताको साथ सम्पन्न भएको छ । सौन्दर्य प्रतियोगितामा नेपालमा पहिलोपटक विवाहित तथा अविवाहित महिला पुरुषलाई समेटेर गर्न लागिएको बृहत प्रतियोगिताको चाँडै पोखरामा पनि अडिसन हुने कुरा आयोजक सिद्धि मिडियाका अध्यक्ष अमित शाहले बताएका छन् ।
सम्पूर्ण नेपालीको जात, भाषा, धर्म र संस्कृतिलाइ समेटेर आयोजना गर्न लागेको यस प्रतियोगितामा विद्यार्थी, गृहिणी, घरायसी, कामकाजी, शिक्षक कर्मचारी, व्यवसायी हर तप्काका पुरुष र महिलाले भाग लिन पाउनेछन् । उक्त कार्यक्रममा कोरियोग्राफी चर्चित मोडल, विभिन्न अन्य सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी गरेर चर्चा बटुली सकेका कोरियोग्राफर तथा फेस अफ द इयरका विजेता दिवश धिताल निर्डायक मन्डलका रूपमा हुनेछन् ।
स्किनकेयर, हेयरकेयर, ओरल केयर, पर्सनल केयर र होम केयरको क्षेत्रमा लोकप्रिय ब्रान्ड पामाकेयर नेपालभरिका प्रमुख स्टोरमा उपलब्ध छ । हालैका वर्ष पामाकेयरले उच्च गुणस्तरका प्रडक्ट नेपाली बजारमा ल्याएको छ जसमा छन् आउटलुक, परफ्युम्ड बडी स्प्रे, सेन्टोफ्र्याग— फ्रेग्रेन्ट बडी स्पल्यास, सफ्ट क्लिनसर फेसवास, प्रिमियम स्किन व्हाइटेनिंग साबुन, टुथब्रस, टंग क्लिनर, सेभिङ ब्रस लगाएतका सामान ल्याएको छ ।