सांग्रिला बैंकको मुनाफा ४० प्रतिशतले वृद्धि
काठमाडौं: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷७४को प्रथम त्रैमासिक अवधिमा १० अर्व ९४ करोड निक्षेप संकलन, ९ अर्ब ८० करोड कर्जा प्रवाह गरी ६ करोड ९७ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा दुई अर्ब ४२ करोड, कर्जामा तीन अर्ब १९ करोड तथा मुनाफामा एक करोड २४ लाख अर्थात ३८.८६ प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासमा मात्र यस विकास बैंकले करिब ६५ करोड कर्जा लगानी खुद वृद्धि गरेको जनाएको छ ।
चुक्ता पुँजी एक अर्ब सात करोड ३४ लाख ५६ हजार रहेको यस विकास बैंकले आफ्नो कुल ३१ वटा शाखा कार्यालय, १२ वटा एटीएम तथा मोबाइल बैंकिङ सेवामार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ६ वटा शाखमा लघुवित्त इकाइमार्फत विपन्न समुदायका व्यक्तिलाई सामूहिक जमानीको आधारमा बिना धितो वित्तीय सेवा समेत प्रदान गर्दै आईरहेको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् ।