सानिमा माइ हाइड्रोपावर र एनसीएम मर्चेन्टबीच सम्झौता
काठमाडौं: सानिमा माइ हाइड्रोपावर लिमिटेडले र एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडबीच हकप्रद सेयर निष्काशनका लागि सम्झौता भएको छ । हाइड्रोपावरले २०७३ भाद्र ३१ गतेको ५ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम सेयरधनीको लागि १ कित्ता सेयर बराबर १ कित्ता अर्थात चुक्ता पुँजीको सय प्रतिशतले हुने आउने एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि एनसीएममर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त कार्यको लागि हाइड्रोपावरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठ र मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक विजय लाल श्रेष्ठबीच सम्झौता भएको छ । हकप्रद सेयर निष्काशन पश्चात हाइड्रोपावर लिमिटेडको जारी तथा चुक्ता पुँजी दुई अर्ब ११ करोड कायम हुने कम्पनीले जनाएको छ ।