प्रधानमन्त्री प्रचण्डद्वारा आतंककारी आक्रमणको निन्दा
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानमा भएको आतंककारी आक्रमणको निन्दा गरेका छन् । सोमबार राति दक्षिणपश्चिम सहर क्वेटास्थित प्रहरी कलेजमा भएको आतङ्ककारी आक्रमणको निन्दा गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई सन्देश पठाएर नेपाल सरकार सदैव आतंककारी आक्रमणको निन्दा र आतंकवादविरुद्धको लडाईंमा ऐक्यबद्धता व्यक्त गर्ने उल्लेख गरेका छन् ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी प्रधानमन्त्रीका तर्फबाट आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिका परिवारजनप्रति हार्दिक समवेदना र सहानुभूति व्यक्त गरेको उल्लेख छ।
पाकिस्तानको प्रहरी तालिम केन्द्रमा भएको आक्रमणमा ६० जनाको मृत्यु भएको थियो भने एक सय बढी घाइते भएका थिए ।