ग्यास पड्किएर नापी कार्यालयमा आगलागीः ३६ घाइते (अपडेट)

ग्यास पड्किएर नापी कार्यालयमा आगलागीः ३६ घाइते (अपडेट)

हेटौँडाः जिल्ला नापी कार्यालय मकवानपुरमा बुधबार दिउँसो आगलागी हुँदा सात कर्मचारीसहित ३६ जना घाइते भएका छन् । घाइतेमध्ये कार्यालयका निमित्त प्रमुख अजय कुमार राउतसहित आठ कर्मचारी र अन्य सेवाग्राही रहेको प्रहरीले जनाएको छ ।

हेटौँडाको कान्तिराजपथस्थित भाडाको घरको दोस्रो तल्लामा रहेको कार्यालयमा आगलागी भएपछि आत्तिएर हाम फाल्ने क्रममा अधिकांस घाइते भएका मकवानपुर प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताइन् ।

‘केही व्यक्ति आगोको धुवामा निसास्सिएर घाइते भएका हुन्’, उनले भनिन्। घाइतेमध्ये एक जनाको हेटौँडा अर्थेपेडिक अस्पताल, नौ जनाको चुरेहिल अस्पताल, दुई जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको चौधरीले बताइन् ।

आगलागीमा परी घाइते भएका नापी अधिकृत दिलिप सिंहको हड्डीको उपचारको लागि काठमाडौं र हेटौँडा ५ का सेवाग्राही सुरेशलाल श्रेष्ठको श्वासप्रश्वासमा समस्या देखिएकाले थप उपचारको लागि भरतपुर रिफर गरिएको उनले जानकारी दिइन् । बाँकी कर्मचारी तथा सेवाग्राही उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाको दमकलको सहायतामा जनपथ, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीयवासीले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले बताए ।

‘कार्यालयको तल्लो तलामा रहेको होटलमा रहेको ग्याँस सिलिण्डरबाट ग्याँस लिक भएर आगलागी भएको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ’, उनले भने ।

आगलागीबाट नापी कार्यालयको दुई कम्प्युटर, दुई वटा प्रिन्टर एक सरकारीसहित पाँच वटा मोटरसाइकल जलेको गौतमले जानकारी दिए । आगो निनयन्त्रणमा लिने क्रममा नापी कार्यालयको केही कागजात भिजेको उनले बताए ।

‘होटलका सामानसँगै हार्डवेयर गोदमका सामन, ट्रयाक्टर स्वरुमका सामान पनि जलेर नष्ट भएका छन्’, गौतमले भने । आगलागीबाट भएको क्षति एकिन भइनसकेको उनले बताए ।

होटलमा सिलिण्डर पड्कििएपछि आगलागी भयो
नापी कार्यालयबाट अत्तालिएर हाम फाल्ने क्रममा धेरै घाइते भएको कार्यालयका सर्वेक्षक भीम वलीले बताए । ‘म नक्सा कित्ताकाट गरिरहेको थिए, ठूलो आवाजसहित धुवाँ आउन थालेपछि भर्याङबाट तल्लो तलामा झर्ने प्रयास गरेँ’, उनले भने, ‘भर्याङबाट झर्न नसकेपछि कार्यालय पछाडि रहेको रेलिङबाट हाम फाले ।’ पछाडि फर्किएर हेर्ने क्रममा आगोको मुस्लोले आफ्नो कपाल र परेला जलेको वलीले बताए । ‘अरु साथीहरु आत्तिएर माथिबाटै हामफाल्न थाले, त्यसैले धेरै जना घाइते भए’, उनले भने ।

Fire3


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.