चार वर्षपछि रामपुरमा कृषि विषयमा त्रिविले भर्ना लिने

चार वर्षपछि रामपुरमा कृषि विषयमा त्रिविले भर्ना लिने

चितवनः त्रिभुवन विश्वविद्यालयले चार वर्षपछि पुनः कृषि क्याम्पस रामपुरमा भर्ना लिने भएको छ।  सोही स्थानमा कृषि तथा वन विज्ञान विश्वविद्यालय खुलेपछि चौतर्फी दबाबका कारण भर्ना लिन छाडेको त्रिविले यस शैक्षिक सत्रमा भने भर्ना लिने भएको छ ।

विश्वविद्यालयका कृषि डिन श्यामशङ्कर झाका अनुसार भर्नाका लागि सहायक डिन गोपालबहादुर केसीको अध्यक्षतामा समिति बनिसकेको छ ।

जिल्लास्थित नेपाली कांग्रेस, नेकपा (एमाले) माओवादी केन्द्र र राप्रपा नेपालका अध्यक्षसँग भर्नाका विषयमा छलफल भइसकेको उनले बताए ।

शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति धनीराम पौडेलसँग यस विषयमा छलफल भइसकेको बताउँदै उनले कृषि विश्वविद्यालयसँग झगडा गरेर होइन, समझदारीमै रामपुरमा त्रिविका विद्यार्थी पढाउने बताए ।

मन्त्रीले समेत दुवै विश्वविद्यालयको समझदारीपूर्वक रामपुरमा विद्यार्थी पढाउन सकिने उनले बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयले सबै जमिन आफैँले प्रयोग गर्न पाउनु पर्ने बताउँदै आएको छ भने त्रिविले दुवै विश्वविद्यालयलाई जमिन बाँडेर काम गर्न सकिने जनाउँदै आएको छ । रामपुरमा ४३३ बिगाहा जग्गा रहेको छ ।

रापुरमा त्रिविले पहिले भेटेनरीमा ४० जना, कृषिमा एक सय विद्यार्थी पढाउँदै आएको थियो । मङ्सिर महिनाभित्रमा भर्ना लिइसक्ने गरी काम भइरहेको झाको भनाइ थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.