मोदनाथ प्रश्रितलाई मातृशोक
काठमाडौँः पूर्वमन्त्री एवम् लेखक मोदनाथ प्रश्रितकी आमा बालिकादेवी पौडेलको निधन भएको छ ।
९७ वर्षीया बालिकाको बुधबार दिउँसो १ बजे राजधानीमा निधन भएको हो । बालिकाको अन्त्यष्टि आजै साँझ पशुपति आर्यघाटमा हुने प्रश्रितका छोरा एवम् एमाले नेता विजय पौडेलले अन्नपूर्णलाई जानकारी दिए ।