हरिवंश आचार्यको 'पापी पैसा' गीत सार्वजनिक (भिडियो)

हरिवंश आचार्यको 'पापी पैसा' गीत सार्वजनिक  (भिडियो)

काठमाडौँ: कात्तिक २६ देखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘जात्रा’ को गीत सार्वजनिक भएको छ । हरिवंश आचार्यको शब्द तथा श्वर रहेको पैसा बोलको गीत सार्वजनिक भएको हो ।

प्रर्दशन मिति नजिकिँदै गर्दा प्रोमोशनस्वरुप गीत सार्वजनिक गरिएको ‘जात्रा’  निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । मह–सञ्चारले निर्माण गर्ने फिल्म निर्देशनको जिम्मा समेत प्रदीपलाई नै दिने बताइएको छ ।

फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ । हरिवंशको गीतले चलचित्रलाई अझ आकर्षक बनाएको निर्माता एवम् कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।

चलचित्रको लागि आफैँले गीत लेखेर गाउन पाउँदा खुशी लागेको हरिवंश आचार्यले बताए । गीत गाउँन थुप्रै कठिनाइ आए पनि गीतमा एउटा महत्वपूर्ण कथावस्तु रहेको आचार्यको भनाइ छ ।

शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.