सहिद प्रतिष्ठानको जग्गा अतिक्रमण

सहिद प्रतिष्ठानको जग्गा अतिक्रमण

बिर्तामोड: आफ्नो जग्गामा खानेपानीको ट्यांकी निर्माण गर्न सुरु गरिएको भन्दै सहिद प्रतिष्ठानले उक्त ट्यांकी निर्माणस्थलमा तालाबन्दी गरेको छ । प्रतिष्ठानको जमिनमा एकाएक खानेपानी ट्यांकी निर्माण थालिएपछि विवाद उत्पन्न भएको हो । बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष तथा पूर्वसभासद् पूजा खनाल नेतृत्वको टोलीले निर्माण कार्य रोक्न माग गर्दै त्यहाँ तालाबन्दी गरेको हो ।

बिर्तामोड आवास योजनाले नयाँ बसपार्क आसपासको जग्गा बिक्री गर्ने प्रयोजनका लागि उक्त स्थानमा कार्यालय सञ्चालनमा ल्याएको थियो । जग्गा बिक्री गरिसकेपछि कार्यालय रहेको २ कट्ठा १६ धुर मूल्यवान जग्गा सहिद स्मृति प्रतिष्ठान झापालाई प्रदान गरेको थियो ।

२०६५ फागुन २१ गते तत्कालीन अर्थमन्त्री डा.बाबुराम भट्टराईले उक्त स्थानमा 'सहिद स्मृति स्तम्भ र उद्यान' निर्माणका लागि जमिनको स्वामित्व बुझेका थिए । बिर्तामोड बसपार्क निर्माण समितिका तत्कालीन अध्यक्ष विष्णुबहादुर राईले अर्थमन्त्री भट्टराईलाई प्रदान गरेको जमिनको स्वामित्वसम्बन्धी पत्रमा 'परिबर्तनका लागि सहिदले खेलेको अतुलनीय भूमिकाको उच्च मूल्यांकन गर्दै आवास योजनाले त्यहाँ रहेका भौतिक संरचनासहितको जमिन प्रदान गरेको' उल्लेख छ ।

जमिनको स्वामित्व लिए पनि बितेका सात वर्षसम्म सहिद स्मृति प्रतिष्ठान रमिते भएर बसेको थियो । प्रतिष्ठानले निर्माण गर्ने भनेको भौतिक संरचनाको कुरा त परै जाओस् प्रतिष्ठानका कुनै सदस्यले त्यो जमिनको विषयमा चासो राखेका थिएनन् । जमिन लगभग बेवारिसे भएपछि बिर्तामोड आवास योजनाकै अनुरोधमा त्यो ठाँउमा 'डिप ट्याकी' निर्माण सुरु गरिएको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताए । बिर्तामोडको नयाँ बसपार्क क्षेत्रमा अहिले पनि खानेपानीको सुविधा छैन । त्यो योजना पूरा भएपछि बसपार्कमा खानेपानी वितरण गर्न सकिने गुरुङले बताए ।


मुलुकका विभिन्न स्थानका खानेपानीमा लगानी गर्दै आएको र्‌यापसँगको सहकार्यमा ३ करोड ४८ लाखको योजनामा सहिद प्रतिष्ठानको जमिनमा खानेपानीको डिप ट्यांकी निर्माण भइरहेको छ । खानेपानीले हालसम्म १ करोडभन्दा बढी लगानी गरिसकेको छ ।

जमिनको स्वामित्व नलिई खानेपानीजस्ता दीर्घकालीन योजनाको बजेट कार्यान्वयन गर्न सुरु गर्नु अनियमितता हो तर बिर्तामोड खानेपानीले अर्कैको जमिनमा करोडौंको योजना कार्यान्वयन सुरु गरेको छ । अध्यक्ष गुरुङले भने स्वामित्व खानेपानीमा आएको दाबी गरेका छन् । अब योजना परिबर्तन गरेर अर्को स्थानमा खानेपानी निर्माण गर्न नसकिने बिर्तामोड खानेपानीका उपाध्यक्ष परशु सिटौलाले बताए ।

मुलुकका विभिन्न स्थानका खानेपानीमा लगानी गर्दै आएको र्‌यापसँगको सहकार्यमा ३ करोड ४८ लाखको योजनामा सहिद प्रतिष्ठानको जमिनमा खानेपानीको डिप ट्यांकी निर्माण भइरहेको छ । खानेपानीले हालसम्म १ करोडभन्दा बढी लगानी गरिसकेको उपाध्यक्ष सिटौलाले बताए । उनले सहिद तथा बेपत्ता परिवार समाजले तालाबन्दी गरे पनि निर्माण कार्य रोक्न नसकिने जिकिर गरे ।

बिर्तामोड आवास योजनाको समितिमा रहेका ११ मध्ये अध्यक्षसहित ८ सदस्यले माइन्युट गरेर खानेपानीलाई त्यो जमिन प्रदान गरेको तर्क गर्दै एक वर्षअघिदेखि निर्माण गरेको भए पनि हाल आएर तालाबन्दी गरिनु आश्चर्यको विषय भएको सिटौलाले बताए । जमिन छोड्नै परे हालसम्म गरेको लगानी सरोकारवालाले बेहोर्नुपर्ने उनले बताए ।

बिर्तामोड आवास योजनाका तत्कालीन अध्यक्ष राईले खानेपानीका तत्कालीन उपाध्यक्ष तथा नेकपा एमालेका स्थानीय नेता गोपी गिरीले राजनीतिक दलहरू उक्त जमिन खानेपानीलाई दिन सहमत भएको भनेपछि आफूले 'उता हस्तान्तरण गरेको' दाबी गरे । उनले यो विषयमा गिरीसँगै जानकारी लिनसमेत आग्रह गरे ।

बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष खनालले सहिद प्रतिष्ठानको जमिनमा कुनै पनि हालतमा अरू योजना निर्माण गर्न नदिने बताइन् । उनले प्रतिष्ठानको तालाबन्दीलाई बेवास्ता गरे आइपर्ने परिणाम सामना गर्न चेतावनी दिइन् । यो जमिन प्रतिष्ठानको भएका कारण कुनै पनि मूल्य चुकाएर कायम राख्ने धारणा उनले राखिन् । स्रोतका अनुसार माओवादीकै एक जिल्ला नेताको मिलेमतोमा प्रतिष्ठानको जमिन खानेपानीलाई हस्तान्तरण भएको हो । एउटै जमिनमा दुई संस्थाको स्वामित्व भएपछि यो विषय विवादित बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.