बस चढेर बसपार्क उद्‌घाटन

बस चढेर बसपार्क उद्‌घाटन

दमौली: संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बस चढेर बसपार्क उद्घाटन गरेका छन् । व्यास नगरपालिकाले ७ वर्षयता निर्माण गरिरहेको दमौली बसपार्क सञ्चालनमा आएको अवसरमा उनी बसै चढेरै कार्यक्रमस्थल पुगेका हुन् ।

उक्त अवसरमा मन्त्री पाण्डेले सशस्त्र युद्धको समयमा निकै जोखिमयुक्त यात्रा गरेको प्रसंग स्मरण गरे, 'मलाई त्यो दिनको सम्झना आयो ।' बसपार्कका लागि पृथ्वी राजमार्गसम्म जोड्ने र बुल्दीखोलामा पक्की पुलको आवश्यकता रहेको उनको भनाइ छ । त्यसका लागि आवश्यक पहल गर्ने उनले आश्वासनसमेत दिए ।

तनहुँमा अब १२ वटासम्म स्थानीय निकाय रहने र पहिलेजस्तो धेरै छलफल जरुरी नभएकाले चाँडै नै कतिवटा बनाउने भन्ने विषयले टुंगो पाउने उनको विश्वास छ ।जनताले भाषणभन्दा प्रतिफल चाहेको र त्यसमा आफू काम गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सफा, उज्यालो र हरियो व्यास नगरपालिका आफ्नो सपना भएको व्यास नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराम सिग्देलले बताए । त्यसका लागि नगरपालिकाले काम थालेको उनले जानकारी दिए । दमौलीमा ल्यान्डफिल साइटको समस्या समाधानका लागि तिहारपछि नै वातावरणीय अध्ययन सुरु हुने उनले बताए । दमौलीलाई सफा राख्न बाधक बनेको देउराली नगरस्थित अव्यवस्थित वधशालाको विकल्पका लागि सार्वजनिक जग्गाको खोजी भएको उनको भनाइ छ । बजार सफाइमा नगरपालिका तथा सरकारी कार्यालयका कर्मचारीको सक्रियता एवं नियमित सरसफाइ कार्यक्रम जारी रहेको उनले बताए ।

नगरपालिकामा यसै वर्ष सोलार बत्ती पनि राखिने सिग्देलको भनाइ छ । नगरपालिकाको २ करोड ७ लाख रुपैयाँमा निर्मित बसपार्कमा सिमेन्टको भाग, तारबार आदिको काम भने बाँकी नै छ । यसै वर्ष थप ५० लाख रुपैयाँ बजेटबराबरको काम हुने बसपार्कको सञ्चालनका लागि पक्की सडक तथा बुल्दी खोलामा व्यवस्थित पुल आवश्यक रहेको उनले बताए ।

दुर्घटनाको अति जोखिम हुँदाहुँदै पनि बसपार्क सञ्चालनमा ल्याउन आफूले पहल गरेको छोटो समयमै काम सफल भएको प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीको भनाइ छ । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हरिबहादुर चुमानले नगरपालिका बनेको २४ वर्षपछि मात्र बसपार्क बनेको भन्दै अझै धेरै काम हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.