हङकङमा 'डढेलोभित्रका सतिसाल'

हङकङमा 'डढेलोभित्रका सतिसाल'

काठमाडौं: सार्थक जनसंगीत प्रतिष्ठानका लागि हङकङ हिमायतीले निर्माण गरेको वृत्तचित्र 'डढेलोभित्रका सतिसाल'को आइतबार हङकङमा प्रिमियर गरिएको छ । वृत्तचित्रमा पाँच दशक अघिदेखि गीतसंगीतको माध्यमबाट सामाजिक, राजनीतिक चेतना छर्न सक्रिय रामेश र उनीजस्तै स्रष्टाहरूको सांगीतिक जीवन चित्रण गरिएको छ ।

वृत्तचित्र प्रदर्शन समारोहमा हङकङवासीका तर्फबाट रामेशलाई सम्मान गरिएको थियो । 'जनता देशका मालिक भएकाले देश बनाउन जनता नै अघि सर्नुपर्छ । भ्रष्ट नेताविरुद्ध खबरदारी गरिरहनुपर्छ', रामेशले भने । संसारभर छरिएर रहेका नेपालीले आफ्नो कमाइ पठाएर देशलाई जोगाइरहेको बताउँदै उनले हङकङवासीको प्रयासले जनताका लागि आफूले गरेको प्रयास वृत्तचित्रमा लिपिबद्ध हुने भएकोमा खुसी व्यक्त गरे ।

रामेशलाई केन्द्रबिन्दुमा राखेर बनाइएको वृत्तचित्रमा संगीतमा लागेका रायन, मञ्जुल, राल्फा समूहका सदस्यसहित स्वतन्त्र र पार्टीमा आबद्ध कलाकार, गीतकार, संगीतकार, लेखक, विश्लेषक, नेताहरूको अनुभवसमेत समेटिएको छ । प्रणय लिम्बू र डम्बरकृष्ण श्रेष्ठ (अनुशील)ले निर्देशन गरेको वृत्तचित्रमा चेतनाको बिगुल फुक्ने राल्फा, संकल्प, आस्था परिवार, रामेशलगायतको जीवनसंघर्ष समेटिएको छ । वृत्तचित्र बाबुराम नेपालीले खिचेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.