नारायणगढ–मुग्लिन सडक विस्तार: चार महिनामा चार प्रतिशत मात्रै काम

नारायणगढ–मुग्लिन सडक विस्तार: चार महिनामा चार प्रतिशत मात्रै काम

चितवन: विगत चार महिनामा नारायणगढ–मुग्लिन सडकखण्डको सडक विस्तार कार्य चार प्रतिशत मात्रै भएको छ। अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण काम प्रभावित भएको सो सडकमा यस वर्षको असारयता अधिकतम बर्सात र चाडपर्वले गर्दा काम हुन नसकेको निर्माण कम्पनीले जनाएका छन्।

असार महिनासँगै गाडी रोकेर काम गरिएको छैन भने अग्रिम र निरन्तर बर्सातका कारण काम प्रभावित भएको छ। चाडपर्वका बेला सवारी आवागमन बढ्ने हुँदा कामै रोकेर आवागमनलाई सहज बनाइएको छ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार हालसम्म २९ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। संशोधित तालिकाअनुसार हालसम्म ३७ प्रतिशत काम सम्पन्न हुनुपर्ने थियो।

सुरुमा सन् २०१७ को अप्रिलसम्ममा योजना सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि भूकम्प र नाकाबन्दीका कारण समय थप गरी सन् २०१७ को सेप्टेम्बरसम्म पुर्याइएको थियो। तिहारलगत्तै स्थानीय प्रशासनसँग सहकार्य गरी सडक रोकेर काम गर्नुपर्ने आयोजनाको निष्कर्ष छ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गराउन सके लक्ष्यअनुरुप काम अघि बढाउन सकिने खनालले बताए। सडकको १६ किलो भन्ने ठाउँमा हाल भित्तो काट्ने काम भइरहेको छ। छिट्टै घुमाउने क्षेत्रमा भित्तो काटिने उनले जानकारी दिए।

सो सडकको कालीखोलादेखि मुग्लिनसम्मको २.५ किलोमिटर क्षेत्रमा सडक फराकिलो बनाउने काम बाँकी छ। जुन निकै जटिल कामभित्र पर्दछ । सो क्षेत्रमा सडकको चौडाइ कम भएकाले ठूलो मात्रामा भित्तो काट्नुपर्ने हुन्छ। तिहारपछि सो क्षेत्रमा पनि भित्तो काट्ने काम गरिने उनले बताए।

भित्तो काटेर फराकिलो बनाइसकेका सडकमा पिच गर्ने कार्य पनि छिट्टै सुरु गरिने उनले जानकारी दिए। सडक खाल्डाखुल्डी पुर्ने काम भइरहेको भए पनि धुलाम्य सडकका कारण यात्रा असहज बनेको छ। तीनवटा ट्याङ्करले नियमित पानी छर्कने काम गरिरहेको भए पनि अपुग भएको पाइन्छ।

विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो। एसियाली राजमार्गअन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडक पर्दछ। इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियाली राजमार्गको एक खण्ड हो। सो सडक हुँदै दैनिक आठ हजारको हाराहारीमा सवारीसाधन आवागमन गर्ने गर्दछन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.