टेलिकमको एक्सचेन्ज काउन्टर नहरपुरमा

टेलिकमको एक्सचेन्ज काउन्टर नहरपुरमा

काठमाडौं: रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेन्ज काउन्टर सञ्चालनमा आएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबीच माननिय सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले सो एक्सचेन्ज काउन्टरको उद्घाटन गरेका हुन् ।

मन्त्री कार्कीले नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीलाई टेलिफोन गरेर सो काउन्टरको उद्घाटन गरेका थिए । सो अवसरमा माननिय मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप तथा क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दै यसबाट नेपाली युवा श्रम बेच्न विदेश जानबाट रोकिने बताएका छन् ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताउँदै थ्रिजी सेवालाई प्रत्येक क्षेत्रमा पुर्‌याउने र फोर जी सेवा छिट्टै नै सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.