उर्लाबारीमा एनआईसी एसियाको शाखा
काठमाडौं: एनआईसी एसिया बैंकले मोरङ जिल्लाको पुष्पलाल चोक तथा उर्लाबारीमा साखा सञ्चालमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष जगदीश प्रसाद अग्रवालले एक कार्यक्रमकाबीच मंगलबार गरे । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रमा सञ्चालित अग्रणी बैंक हो ।
नयाँ शाखा सञ्चालनसँगै बैंकका शाखा सञ्जाल ७४ तथा एटीएम संख्या ६९ पुगेको बैंकले जनाएको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा शाखा सञ्जाल बिस्तार गरी आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने जनाएको छ ।
गत त्रैमासिक अवधिमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा खुद मुनाफामा ६६ प्रतिशत बृद्धि गरेको बैंकले हालै सम्पन्न १९ औं वार्षिक साधारण सभामार्फत सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर तथा त्यसपछि कायमहुन आउने सेयरमा १५ प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्तावसमेत पारित गरेको जनाएको छ ।