साखा विस्तार गर्दै लक्ष्मी बैंक
काठमाडौं: लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार दुई नयाँ शाखा नवलपरासीको रजहर र उदयपुरको गाईघाटमा सञ्चालनमा ल्याएको छ । आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उदेश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
आर्थिक एवं व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको गाईघाटमा बैकिङ क्षेत्रको महुँच कम भएको र रजहर जस्ता बजारमा ग्राहक सेवा सुदृढ गर्ने उदेश्यले यी शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाबाट ग्राहकले इन्टरनेट तथा मोवाईल बैंकिङ्ग सेवा प्राप्त गर्नेछन् । बचतका साथै व्यक्तिगत तथा साना व्यवसायकर्जा प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने बैंकले जनाएको छ ।
बिस्तारसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५७, दुइ विस्तारित काउन्टर, ७७ एटीएम पुगेको छ । यी शाखाकासाथ बैंकले सेवालाई अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । जसअनुरूप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सल्लाह प्रदान गरी उनीहरूको व्यवसाय प्रवद्र्धन गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।