सिटिजन्स बैंकको बर्दिबास शाखा स्थानान्तरण
काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका२ स्थित बर्दिबास शाखा स्थानान्तरण गरेको छ । बैंकले बर्दिबास नगरपालिका २ स्थित शाखा महोत्तरी जिल्लाकै बर्दिबास नगरपालिका १ मा रहेको भवनबाट सञ्चालन ल्याएको छ ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ भवनबाट बैंकिङ कारोवारको आरम्भ गरेका छन् । यस बर्दिबास शाखा लगायत जनकपुर शाखा, गौशाला शाखा तथा चरिकोट शाखा गरी बैंकको जनकपुर अञ्चलका कुल चारवटा शाखा सञ्चालित छन् ।
बैंकका कुल ५८ वटा शाखा, ५१ एटीएम काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ सेवाबाट १४ अञ्चलका करिब ४ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
बैंकले आर्थिक वर्ष २०७३/७४ को आश्विन मसान्तसम्म खुद मुनाफा ३४ करोड ५ लाख आर्जन गर्न सफल भएको छ भने निक्षेपतर्फ करिब ५० अर्ब र कर्जा प्रवाहतर्फ करिब ४४ अर्ब परिचालन गरेको जनाएको छ ।