पाटाद्वारा नेतृत्वविकास तालिम

पाटाद्वारा नेतृत्वविकास तालिम

काठमाडौ: प्यासाफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डमा एकदिने नेतृत्वविकास तालिम प्रदान गरको छ । पाटाले लङ डिस्टेन्स एन्ड ग्लोबल लिडरसिप शीर्षकमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरको हो ।

कार्यक्रममा होटल व्यावसायी, एयरलायन्स, ट्राभल एजेन्सी, टुर अपरेटर्स, मिडिया विद्यार्थीहरू र अन्य सरोकारवाला गरी करिब १४५ जनाले सहभागिता जनाएका छन् ।

पाटा नेपालले स्विजरल्यान्डका प्रतिष्ठित विज्ञ डानियल चुडीबाट एक दिने प्रशिक्षण तालिम दिएको हो । विज्ञ चुडी हस्पिटालिटी क्षेत्रको विविध विधामा आफ्नो एक दिने प्रशिक्षण तालिम दिएको हो । उनले सांस्कृतिक मुल्य, मान्यता र विविधताको विषयमा एक प्रखर वक्ता, सल्लाहकार र प्रचारकको रूपमा आफ्नो क्षमतालाई प्रस्तुत गरेका थिए ।

पाटा नेपालका अध्यक्ष सुमन पान्डेले पर्यटन व्यवसाय एउटा विश्वव्यापी उद्योग र विविध स्रोत, साधन र संस्कृतिको समि श्रण भएको बताए । पान्डेले नेपाली पर्यटन व्यवसायी तथा सरोकारवालाको क्षमता विकासमा पुनर्ताजकिकरणको लागि विभिन्न तालिम निरन्तर आवश्यक रहेको औल्याए ।

कार्यक्रममा पाटाका कार्यकारी प्रवन्धक सुरेश सिंह बुडालले नेपाली पर्यटन क्षेत्रमा मानव संशाधनको विकास र विस्तार गर्ने अभियानअन्तर्गत यो कार्यशाला आयोजना गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.