ट्रकले मोटरसाइकललार्इ ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

ट्रकले मोटरसाइकललार्इ ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

बर्दिया: बर्दियामा ट्रकले मोटरसाइकललार्इ ठक्कर दिँदा दुर्इजनाको मृत्यु भएको छ। ठक्करबाट अन्य एक जना घाइते भएका छन्।

धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ६२६७ नम्बरको ट्रकले रा १ प ७८३३ नम्बरको मोटरसाइकललार्इ बिहीबार बिहान करिब १ बजेतिर बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बर्दिया धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय युवराज थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

दुर्घटनामा बर्दिया धधवार–३ कतनियाँ गाउँ निवासी २३ वर्षीय सञ्जय थारु घाइते भएका छन्। उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।

ठक्कर दिने ट्रक र चालक कैलाली हसिनियाका धनिराम चौधरीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.