रियोमा एक वर्षको अवधिमा प्रहरी कारबाहीमा चार हजार नागरिक मारिए

रियोमा एक वर्षको अवधिमा प्रहरी कारबाहीमा चार हजार नागरिक मारिए

रियो दि जेनेरियो: सार्वजनिक सुरक्षा संस्थाले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार रियोमा एक वर्षको अवधिमा प्रहरी कारबाहीमा झण्डै चार हजार नागरिक मारिएका छन्।

अत्याधिक धेरै पर्यटकहरुको गन्तव्य बन्दै आएको ब्राजिलको मुख्य सहर रियोको वास्तविक दृश्य यस तथ्याङ्कले प्रष्ट पारेको जी वान न्युजले जनाएको छ।

सन् २०१० देखि अहिले सम्ममा तीन हजार ९८५ जना मानिस प्रहरीद्धारा मारिएका छन्। त्यसमा पनि यस बर्षको जनवरीदेखि अगस्ट सम्म मात्रै ५४४ जनाको प्रहरीकै कारण मृत्यु भएको छ। बाजिलमा सन् २०१५ मा प्रहरीबाट ६४४ जनाको मृत्यु भएको तथ्याङ्क सो संस्थाले जनाएको छ।

विगत छ बर्षको अवधिमा सन् २०१० मा सबैभन्दा धेरै ब्राजिलियाली नागरिकको मृत्यु भएको जनाउदै उक्त बर्षलाई खराब बर्षको रुपमा प्रस्तुत गरिएको छ। सन् २०१० मा ८५५ जनाको मृत्यु भएको थियो।

यी सवै मृत्युका घटना सन् २०१६को ओलम्पिक आयोजना गरिएको सहर ब्राजिलको राजधानी रियोमा प्रहरी कारवाहीमा भएका हुन् । गत बर्ष भन्दा यस बर्ष २४ प्रतिशत बढीको प्रहरी कारबाहीमा मृत्य भएका जनाइएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.