सैनिक श्रीमती संघले बनाएको विद्यालय समुदायलाई हस्तान्तरण

सैनिक श्रीमती संघले बनाएको विद्यालय समुदायलाई हस्तान्तरण

लमजुङः सैनिक श्रीमती संघले आफ्नै स्रोत र साधनमा निर्माण गरेको विद्यालय समुदायलाई हस्ताण्तरण गरीएको छ। पूर्वी लमजुङको भारते–२, बेलघारीको रत्न प्राविको नवनिर्मित भवन समुदायलाई हस्तान्तरण गरेको हो ।

बैशाख १२ गते गएको  विनाशकारी भूकम्पले विद्यालयको भवन र पर्खाल भत्काएपछि नेपाली सेनाको पशुपति प्रसाद गणको पहलमा सैनिक श्रीमती संघले विद्यालय भवन निर्माण गरेको हो ।

नवनिर्मित ६ कोठे भूकम्प प्रतिरोधी विद्यालय भवनको बिहीबार प्रधानसेनापति राजेन्द्र क्षेत्री र सैनिक श्रीमती संघकी अध्यक्ष रीता क्षेत्रीले संयुक्त रुपमा उद्घाटन गरे। नेपाली सेनाको हेलीकोप्टरबाट सैनिक अधिकृतसहित आएका क्षेत्री दम्पतीले विद्यालयको अवलोकन गरे ।

गाउँमा आएका सैनिक सेनापतिलाई स्वागत गर्न भारते, अर्चलबोट र भोटेवडारका स्थानीयको बाक्लो उपस्थिति थियो । सेनापतिलाई जग्गादाता जंगबहादुर थापा र चन्दादाता चमेली श्रेष्ठले माला, दोसल्लाले ओढाएर स्वागत गरेका थिए ।
    
विद्यालयको उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सैनिक श्रीमती संघकी अध्यक्ष रीता क्षेत्रीले सानो सहयोगले बालबालिकाको भविष्य उज्वल बनाउन मद्धत मिल्ने बताइन् ।

भारते, अर्चलबोट र भोटेवडारका बिद्यार्थीले अध्ययन गर्दै आएको सो विद्यालय पुननिर्माण पश्चात स्थानीय खुशी छन् । ‘पठनपाठनमा निकै समस्या थियो, विद्यालयकी प्रधानाध्यापक सरस्वती खनालले अन्नपूर्णसँग भनिन, ‘सैनिक श्रीमती संघको सहयोगले केही राहत मिलेको छ ।’

एक सय बढी विद्यार्थी पढ्ने प्राथमिक विद्यालयमा अहिले ४० विद्यार्थीमात्रै अध्ययनरत छन् । पहिरोका कारण बेलघारी बजारका थुप्रै स्थानीयले बस्ती सरेपछि विद्यार्थीको संख्या घटेको विद्यालयका संस्थापक राजकुमार पाण्डे बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.