झाडापखालाबाट एकको मृत्यु, ५२ जना सिकिस्त

झाडापखालाबाट एकको मृत्यु, ५२ जना सिकिस्त

गौशाला: जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए। झाडापाखालाबाट सिकिस्त भएकी राधिकालाई उपचारका लागि गएराति जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। झाडापाखालाबाट सो वडाको दलित बस्तीमा ५२ जना प्रभावित भएको पनि उनले जानकारी दिए।

चार दिनदेखि धबौलीमा झाडापाखालाको प्रकोप देखिएको र त्यसबाट गम्भीर रुपमा प्रभावित कमलेश सदा, उनकी आमा राजवती सदा, छोराहरु विवेक सदा र अमर सदाका साथै छिमेकी आलसी सदा, ज्ञानेन्द्र सदा, विकास सदा र विन्दिया सदालगायत आठजनाको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ।

सो बस्तीका बासिन्दाले पाँच दिनअघि घर नजिकै रहेको एउटै खाल्डोबाट दूषित माछा र घोँघी खाएपछि उनीहरु झाडापाखालाबाट प्रभावित भएका थिए। जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरको नेतृत्वमा गएको चिकित्सकको टोलीले सो क्षेत्रमा औषधि समेत लगेर उपचार गरिरहेको र प्रभावितको अवस्था सामान्य भइरहेको जनाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.