‘राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण छिट्टै’

‘राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण छिट्टै’

भक्तपुरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपा नेपालसँगको पार्टी एकीकरण छिट्टै हुने बताएका छन्। राणाले पार्टी एकीकरण पहल सकारात्मक दिशामा अघि बढिरहेकोले छिट्टै एकीकरण हुने बताए।

प्रचण्ड सरकारको समर्थन र विरोधको सम्बन्धमा राप्रपा नेपाल र राप्रपाबीचको पार्टी एकीकरण रोकिएको थियो। त्यसपछि दुवै पार्टीका नेताहरुले पार्टी एकीकरणबारे मुख खोलेका छैनन्। तर शुक्रबार राप्रपा अध्यक्ष राणाले पार्टी एकीकरण नरोकिने धारणा सार्वजनिक गरेका हुन्।

राप्रपा भक्तपुरले दीपावली, नेपाल संवत् ११३७ नयाँ वर्ष, छठको अवसरको शुक्रबार आयोजित शुभकामना आदानप्रपदान कार्यक्रममा उनले संविधानअनुसार स्थानीय निर्वाचन, प्रादेशिक र संसदीय निर्वाचन हुनुअघि नै पार्टी एकीकरण हुने बताए।

अध्यक्ष राणाले संविधान कार्यान्वयन गर्न आउँदो चैतभित्र जसरी भए पनि स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिए। ‘संविधान कार्यान्वयन गर्नको लागि भए पनि चैतभित्र स्थानीय निर्वाचन गर्नुको विकल्प छैन’, उनले भने, ‘स्थानीय निर्वाचनले प्रादेशिक र संसदीय निर्वाचनको बाटो खुल्छ ।’

उनले लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावभन्दा भूकम्प पीडित जनताको राहत तथा पुनर्निर्माण संविधान कार्यान्वयन महत्वपूर्ण भएको जिकिर गरे। ‘भूकम्प पीडित जनताको राहत र पुनर्निर्माण तथा संविधान कार्यान्वयनभन्दा लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव महत्वपूर्ण होइन’, राणाले भने, ‘त्यसैले महाअभियोगसम्बन्धमा हामीले कुनै आधिकारिक धारणा बनाएका छैनौं। मुलुकको स्थिरता, आर्थिक विकासको लागि संविधान कार्यान्वयन महत्वपूर्ण हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.