धुर्मुस-सुन्तलीले बनाएको नमूना बस्ती

धुर्मुस-सुन्तलीले बनाएको नमूना बस्ती

मेलम्चीः राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत बस्ती हुँदा सरकारलाई पूर्वाधार विकास गर्न सजिलो हुने बताएकी छिन् । मेलम्ची नगरपालिका–८, गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनले बनाएको एकीकृत बस्तीको चाबी हस्तान्तरण कार्यक्रममा बोल्दै भण्डारीले भूकम्पपछि निर्माण हुने बस्ती गिरानचौर जस्तै हुनुपर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले धुर्मुस सुन्तली फाउण्डेसनले भत्किएको बस्ती निर्माणमा पुर्याएको योगदानको मुक्त कण्ठले प्रशंसा गरिन् । फाउण्डेसनबाट सरकारले पनि पाठ सिकेर एकीकृत बस्तीको योजना अघि सानुपर्ने उनको भनाइ छ । उनले भूकम्पपछिको पुनर्निमाण सरकारले तोकेकै समयमा पुरा हुने विश्वास व्यक्त गरिन्।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त गिरानचौरका तामाङ बस्ती एकीकृत रुपमा बनाउने उद्घोष गर्दै अभियान थालेका थिए। गत बैशाख १२ गते शिलान्यास गरेर निर्माण थालेको बस्ती शुक्रबारबाट स्थानीयलाई हस्तान्तरण गरिएको हो । तीन ब्लकमा गरी ६३ व्यक्तिगत, एउटा सामुदायिक भवन र एउटा पाहुना घर निर्माण भएको छ । चार कोठाको दुई तले प्रत्येक घरमा शौचालय र धारा जडान गरिएको छ । बालउद्यान, पार्किङ, सडक, विद्युतको व्यवस्था गरिएको छ ।

निर्मित घरहरुको राष्ट्रपति भण्डारी, धुर्मुस (सिताराम कट्टेल) का बाबु आमा र सुन्तली (कुञ्जना घिमिरे) का बाबुआमाले चाबी हस्तान्तरण गरे । तीन ब्लकमा निर्मित बस्तीको एक–एक ब्लकको चाबी हस्तान्तरण गरिएको हो । चाबी पाएपछि गिरानचौरबासीले भूकम्पपछिको दोस्रो तिहार आफ्नो घरमा मनाउने भएका छन् । चाबी हस्तान्तरण कार्यक्रममा मह–जोडी लगायत कलाकार कार्यक्रममा सहभागी थिए ।

आफ्नो लगानी बिना नै आकर्षक, पूर्वाधारयुक्त र सुविधा सम्पन्न बस्ती निर्माण भएपछि गिरानचौरबासी खुसी भएका छन् । उनीहरुले धुर्मुस सुन्तलीको अभियानले आफूहरुलाई ठूलो राहत पुगेको बताए । हाम्रो दुःखमा साथ दिएर धुर्मुस सुन्तलीले ठूलो उपकार गरेका छन्, स्थानीय कृष्णबहादुर तामाङले भने, ‘यो बस्तीले उनीहरुलाई कहिल्यै भुल्ने छैन् ।’

बस्ती निर्माणमा पाँच करोड १३ लाख ८५ हजार एक सय रुपैयाँ खर्च भएको कार्यक्रममा जानकारी गराइएको थियो । अभियान सुरु गरेपछि व्यक्ति र संस्था मार्फत् छ करोड १७ लाख एक हजार एक सय ३९ रुपैयाँ सहयोग संकलन भएको फाउण्डेसनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.