पुलिस देखेपछि हामफाल्दा युवतीको मृत्यु

पुलिस देखेपछि हामफाल्दा युवतीको मृत्यु

तुलसीपुर: इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी लोकनाथ तिमिल्सिनाको नेतृत्वमा बिहीबार साँझ प्रहरीको एउटा टोली गस्तीमा निस्केको थियो । तुलसीपुर बजारदेखि उत्तरतिर रहेको होटेल ग्रीनपार्कमा प्रहरीको टोली पुग्यो । प्रहरीको टोली एकाएक छिरेपछि होटेलको तेस्रो तलाबाट एउटी युवती हामफालिन्, उनको त्यहीँ ज्यान गयो । केहीबेरपछि परिवारलाई बोलाइयो अनि प्रहरीले भन्यो, 'छापा मार्न गएका बेला हतास भएर हामफालिछन् ।'

२० वर्षीया युवतीको मृत्युपछि परिवारले शव बुझ्न मानेन । शुक्रबार बिहानभरको छलफलपछि केही क्षतिपूर्ति दिने सहमतिमा मात्र प्रहरीले आफन्तलाई शव बुझाएको छ । युवतीसँग बसेका दुईजना युवक र होटेल मालिकले उक्त क्षतिपूर्ति भर्ने सहमति भएको छ ।

ती युवती दुईजना युवासँग उक्त होटेलमा गएकी थिइन् । त्यही समयमा प्रहरी होटेलभित्र छिरेपछि ती युवा कोठाबाट बाहिरिए । युवती भने होटेलको माथिल्लो तलामा थिइन् । प्रहरी सोही तलामा पुगेपछि उनले आत्तिएर छतबाट हामफालेको प्रहरीको भनाइ छ । प्रहरी पुग्दा कोठामा उनी एक्लै थिइन् ।

तर, खासमा प्रहरी भने होटेलमा छापा मार्न गएको थिएन । अघिल्लो दिन (बुधबार) बिहानै तुलसीपुरको बसपार्कबाट एकजनालाई आँखामा खुर्सानीको धुलो हालेर १६ लाख रुपैयाँ लुटिएको थियो । सोही घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई कसैले शंकास्पद व्यक्ति उक्त होटेलमा छिरेको भन्ने सूचना दिएको थियो । सोही सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । तर, प्रहरीको प्रवेशसँग आत्तिएकी ती युवतीले छतबाटै हामफालिन् ।

'हामी त्यहाँ छापा मार्न गएकै थिएनौं । हाम्रो उद्देश्य त्यस्तो पनि थिएन', डीएसपी तिमिल्सिनाले घटनाबारे भने, 'होटेलमा पुगेर साहूजीलाई कति पाहुना छन् भनेर सोध्दै थियौँ, केही खसेको आवाज आयो । अर्कै घटनाको अनुसन्धान गर्दा दुःखद घटना भयो ।'

तुलसीपुर १८ हेमनगर निवासी उनी टुहुरी युवती हुन् । उनका बाबुलाई युद्धकालमै तत्कालीन माओवादीले अपहरण गरेर मारेका थिए । त्यसको केही वर्षपछि उनकी आमाले पनि दोस्रो बिहे गरिन् । आफ्ना हजुरबाहजुरआमासँग बस्दै आएकी उनका दाजु अहिले बीएससी अध्ययनरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.