कवं–कंकाल आकृतिधारी-जोडी

कवं–कंकाल आकृतिधारी-जोडी

कोणैकोणका त्रिकोणमय भक्तपुर शक्तिपीठहरूको स्वरूप बनेको छ । भक्तपुर नगर चारै दिशा र चारै कोणसहित अष्ट दिक साधना गरी संरक्षित छ । पूर्व, पश्चिम, उत्तर, दक्षिण चार प्रमुख दिशा अनि ईशान, नैऋत्य, वायव्य र आग्नेय चार उपदिशा छन् ।

यी चारै दिशा, उपदिशामा एक एक देवी मन्दिर र पीठ स्थापना गरिएका छन् । अष्ट दिक साधना भई, गरिएका अष्ट मातृकाहरूलाई देवी–महाकाली गण मानिन्छन्, मानिएका छन् । यिनै अवधारणाअनुरूप नाचगानका सजीव केन्द्र रहेका भक्तपुरवासी-कला-साधकहरूले देवी-महाकाली नाचहरू संरचना गरेका छन् ।

आआफ्ना जैविक चेतना र चिन्तनअनुरूप देवी तन्त्र अनि महाकाली तन्त्र मार्गीहरूले देवी नाच संरचना–संयोजन गरे । उस्तै महाकालीतन्त्र पन्थीहरूले महाकाली नृत्य संरचना–संयोग गरे । यस दृष्टिले विवेचना र विश्लेषण गर्दा तत्कालीन तन्त्र साधना अचेलभरिका वाद, सिद्धान्तका पथगामि विधि विधानयुक्त संस्कारमा निर्मित संस्कृति नै अनुभूत हुन आउँछ । तथापि तिनीहरूले देवी–महाकाली गणनाचलाई पहिलो भागमा देवी नाच, दोस्रो खण्डमा महाकाली नृत्य नचाएर प्रदर्शन गरिआएको छ ।

देवी नाच गणमा देवी रूप–अवतारलाई प्र श्रय दिइएको छ । महाकाली नाचमा महाकाली रूप–अवतारलाई प्रधानता दिइएको छ । आखिर दुवै गण नाचमा दुवै देवी–महाकाली सम्मिलित छन् । देवी नाचमा देवीलाई प्रमुख भूमिकामा खेलाइएको छ ।

अनि महाकाली नाचमा महाकालीलाई मूल भूमिका निर्वाह गर्न लगाइएको छ । यी दुवै नाचका देवी र महाकालीले निर्वाह गरिने प्रमुख भूमिका समाज र समाजवासीहरूमाथि हुने, गरिने अमानवीय व्यवहार–अतिक्रमण आदि हुन् । मानव समाज र समुदायमाथि हुने अवाञ्छित कुनै पनि प्रकारका दुव्र्यवहार, अवाञ्छनीय अतिक्रमण, आतंक नै ठहरिन्छ ।

आधुनिक र अर्वाचिन युगमा अति यथार्थवादी तवरले नग्न नृत्य हुने, गरिने संस्कार भए, रहेको झलक यी मात्र हैनन् अरू यावत् गणनृत्यकै परम्परा रहेको पाइन्न । गण नाच संस्कार र संस्कृति माथिका अध्ययन अवलोकनले यस्तै सन्देश प्रवाह गर्छ ।

यी र यस्तै व्याख्या, विश्लेषण निमित्तका गहन अवलोकन, अध्ययन अनि बहसले यसै तथ्यबोध गराउँछ । यी र यस्तै अरूअरू तथ्यहरूले हामीलाई युगबोध गराउँछ । गणनाचका कयौं खेल, नृत्यका चाल, पहिरन-पोसाक, गहनागुरिया, आकृतिमाथि लगाइने मकुण्डो, खुट्टाका चाल, शरीर र अंगहरू चलाउने गतिविधि, हस्तमुद्राहरू आदिका हाउभाउ यिनका रहस्य रहेका छन् ।

देवी, महाकाली नाचका हस्तमुद्राहरू हुबहु तन्त्रवादी दीक्षा मन्त्र साधक दीक्षित पुरुष-महिलाहरूले पनि गर्छन् । तन्त्रका उपासक गणनाचका सहभागी सहयात्रीहरूले गर्ने हस्तमुद्रा योग साधना र उपासना गर्ने साधक-उपासकहरूकै जस्तै रहेको छ । गणनृत्यका नर्तक नर्तकीहरूले निर्वाह गर्नुपर्ने कठिन शारीरिक कसरतमा दैहिक सन्तुलन कायम राख्न यस्ता मुद्रा र मुद्रामय गतिविधि नितान्त आवश्यक जँचिन्छ ।

बोझिलो मकुण्डो, पोसाक पहिरनहरू शरीरले बहन गर्न त्यस्ता योगाभ्यास अनिवार्य हुन्छन् । देवी–महाकाली नृत्य गर्न सहज छैन, कठिन हुन्छ । यसलाई सन्तुलित तवरले सम्हाल्दै नाच्न हाम्रा पुर्खाले बहुआयामिक ज्ञान-विज्ञान हासिल गरी ठीक तवरले प्रयुक्त गरेका रहस्य देवी–महाकाली नृत्य अध्ययन, अवलोकनबाट उद्घाटन हुन आउँछ ।

देवी-महाकाली नाच मात्र मौसमी नृत्य परम्परा र संस्कृति रहेको छैन । यी जीवन दर्शन मूलक संस्कार मण्डित संस्कृति पनि रहेको छ । जीवन दर्शनमात्र कोरा सिद्धान्त होइन, हुन सक्दैन । यो त स्वयम् शाश्वत आचरणशील व्यावहारिक पद्धति रहेको देवी–महाकाली नृत्यको गतिविधि अध्ययन, चिन्तन, विश्लेषणबाट पनि यथार्थ रूपमै स्पष्ट हुन आउँछ । यी नृत्यहरू नितान्त प्रयोगशील छन् ।

प्रयोगशीलता भन्नु प्रत्यक्ष र यथार्थ रूपमा व्यवहार गर्नु हुन आउँछ । देवी-महाकाली नृत्यका नर्तक नर्तकीहरूले पहिरने विशिष्ट पहिरनहरू नाचका अनेक क्रियाकलाप र गतिविधिहरू शारीरिक असमर्थता थकान आदिलाई सन्तुलित तवरले निवारण गर्न सघाउँछ । शरीरलाई पर्याप्त हावा चाहिने भएर बाहुला विनाका छाती, कुम खुला पोसाक लगाउने परिहन संस्कार जोडिएको छ ।

कम्मरलाई थकान र दुखाइबाट मुक्त राख्न यामानको कपासको घरबुना पटुका लगाउने संस्कार प्रयुक्त गरेको छ । कपासे घरबुना कपडाले नृत्यका अनेक मुद्रामय हाउभाउका क्रममा अविरल रूपमा जीउबाट निस्कने पसिनाधारलाई सहज रूपमा शोषण गर्न मद्दत गर्छ । सतही रूपमा हेर्दा काम न काजका छमछमाउने घंगला, घुँघरु नृत्यका सहभागीका पाइलाका चाल निर्देशक यन्त्रकै काम गर्छ ।


देवी-महाकाली नृत्य गणमा कवं–कंकाल रूपका आकृतिधारी–जोडी समाहित छन् । यिनका नर्तन भूमिका भूत आकृतिका राक्षसी प्रवृत्ति प्रदर्शन गर्दो सिचाभुचाहरूलाई उपहास गर्ने खालको हुन्छ । ख्याक नृत्य बढी आल्हादक हुन्छ । यो नाच एकप्रकारको आधुनिक जिम प्रदर्शनजस्तै रहेको छ ।

यी र यस्ता अनेक छर्लंग देखिएर पनि नबुझिने पक्षहरू हाम्रा पौराणिक मन्त्र, तन्त्रमा आधारित संस्कारहरू मूर्तताभित्रका अमूर्त पक्ष रहेका छन्, हुन् । दर्शनेन्द्रीय-आँखाले स्पष्ट हेरेर पनि भित्री तहका रहस्य, मर्म, अन्तर्य सबै नै देवी–महाकाली नाचहरूका मूर्ततासितका अमूर्त आख्यान बनेका छन् ।

देवी-महाकाली नृत्य खसोखासमा अष्टमातृकाकै गणनाचझैं रहेका छन् । आठ दिशामा स्थापित यी देवी–महाकाली गणका आकृति–मकुण्डोका स्वरूपहरू एकनास, एकरंगी छैनन् । यिनका मुकुण्डो आकृति एकसित अर्को मिल्दैनन् । रंगविधानले प्रत्येक रूपाकृति धारण गर्दा देवी–महाकाली गणहरूले सम्वरण गर्नुपर्ने र गरिने अवस्थाजन्य दायित्व, भूमिका पालन अनि निर्वाह गर्नुपर्ने कर्तव्यबोध गराउँछ ।

यहाँ रंगले भाका हालिरहेका हुन्छन् । देवी–महाकाली नृत्यका महालक्ष्मी आकृतिका रंग ब्रह्मविवेकसहितका चेतनतत्व संचेतनाका सम्वाहक रहे, बनेका छन् । यस्ता भूमिका निर्वाहक प्रतिनिधि रंग बुद्धका सम्यक शान्ति सम्वाहक रंगका हेतु राख्छ, बोक्छ । शान्त र सौम्य चित्तवृत्ति सृष्टि र आविर्भाव जन्य हुन्छ, हुनुपर्छ ।

ब्रह्मलाई बोक्न शान्त, सुभ्र र शालीन मन ग्रन्थीले ओतप्रोत रहनुपर्ने सन्देश देवी–महालक्ष्मी आकृति संवरण गर्छ, सम्वाहन गर्छ । महाकाली आकृति कंकाली दुब्लो हाड छालाकै रूपाकृति देखिएर पनि ओंठ मुसुक्क मुस्कँदो मुस्कानयुक्त छ, रहन्छ ।

 

क्रोधले क्लान्त र दुब्लिएकी महाकाली खड्ग-पात्र सम्वरण गर्छे । यिनका नृत्य चाल भयंकर भयावहकारी हुन्छ, छ पनि । देवी–वैष्णवीका मकुण्डो आकृति भद्र स्वभाव प्रतिविम्बित गर्ने रंगका हुन्छन् । जीवन यौवनमूलक रंग हुन्, रहेका छन् । ब्रह्माणीको रातो आकृति जीवनमस्तीका हाउभाउ र चालहरू प्रदर्शन गर्छन् । नृत्यमा उनका चालाबाला शान्त र शालीन हुन्छन् ।

देवी–महाकाली नृत्य गणमा कवं-कंकाल रूपका आकृतिधारी–जोडी समाहित छन् । यिनका नर्तन भूमिका भूत आकृतिका राक्षसी प्रवृत्ति प्रदर्शन गर्दो सिचाभुचाहरूलाई उपहास गर्ने खालको हुन्छ, रहन्छ । दुष्प्रवृत्तिलाई निरुत्साह गर्न कवंचाहरूले तिनप्रति उपहासजन्य नृत्यका हाउभाउ प्रदर्शन गर्छन् । यस्तै लामो शान्त अवधि उराठलाग्दो नहोस् भन्नाखातिर एक जोडी ख्याक पनि आफ्ना रसमय नृत्य प्रदर्शन गर्छन् । ख्याक नृत्य बढी आल्हादक हुन्छ ।

यो नाच एकप्रकारको आधुनिक जिम प्रदर्शनजस्तै रहेको छ । एकै किसिमका गणनृत्यको तनावबाट मुक्ति दिनु दिलाउनु ख्याक नृत्यको भूमिका रहेको छ । ती ख्याक जोडी पुरुष-नारीकै हैसियत राख्दछन् । बीचबीचमा नारी अस्मितामाथि अतिक्रमणका क्रियात्मक कसरत पनि प्रदर्शन गर्छन् । देवी-महाकाली नृत्यका मर्मशील कर्मकाण्ड नारी-भगवती-देवीका अस्मिता जोगाउन उनीहरूले आफ्ना हरगणहरू जुटाई खेलेको सफल भूमिका निर्वाहकारी प्रदर्शन रहे, बनेको छ ।

नारी अस्तित्व र अस्मिताप्रतिका यावत् लीला बडादसैं-विजया दसैंका अन्तर्य रहेझैं देवी–महाकाली नृत्यको सम्पूर्ण महिमा त्यसमै केन्द्रित छ । यी नृत्यका प्रदर्शन गर्दागर्दै असूर राक्षसी प्रवृत्तिधारी चरित्रकै अन्त्य गरिएको हुन्छ । नारी अस्मिता जोगिन्छ ।

अशूर प्रवृत्तिका सम्वाहक बलात्कारी नकारात्मक अमानवीय तत्वको विनाश हुन्छ । अशूर तत्वको अवसान गरी देवी-महाकालीले सिंहमाथि चढी विजयोत्सव गरिएको नाट्य दृश्यावली प्रस्तुत हुन थाल्छ । विजयोत्सवको देवदुन्दुभि बज्न थाल्छ । यसका साथै देवी-महाकाली नृत्य टुंगिन्छ ।

नृत्यको थालनी समस्त सहभागी गणकै गण नाचबाट हुन्छ । गण नाच सम्पूर्णताको परिचायक बन्छ, हुन्छ । यस नृत्य गणमा दुई देवी, तीन बेताल भैरव, दुई कवं, दुई ख्याक दुई भूत भैरव, दुई असभ्य (जंगली) थालनीको नाचमा सहभागी रहन्छन् । प्रारम्भिक यस नृत्य ब्रह्मताल नाचले परिचित छ ।

देवीनाचको दोस्रो मुहूर्तमा महाकाली सम्मिलित हुन्छन् । यसमा महाकालीको वर्चस्व रहन्छ । दोस्रो मुहूर्तको यस नाचलाई प्रताल नाचले सम्बोधन गरिन्छ । नृत्यले पूर्णता त्यति नै खेर पाउँछ, जुन बेला भैरवको रूप नक्कल गरेका भूतभैरव (बलात्कारी, दैत्यहरू) बध गरिन्छ । देवीलाई त्यसपछि सिंहमाथि चढाई विजयोत्सव मनाइन्छ । देवी-महाकाली नृत्यले पूर्णता पाउँछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.