प्रहरीको मोटरसाइकलले ठक्कर दिँदा पूर्व सैनिकको मृत्यु

प्रहरीको मोटरसाइकलले ठक्कर दिँदा पूर्व सैनिकको मृत्यु

भीमदत्तनगर: कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पूर्व सैनिकको मृत्यु भएकाे छ।

इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट गएराति झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको हो।

पूर्व सैनिक महरा पैदल हिँड्दै घरतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको प्रहरीको मोटरसाइकलले राजमार्गको सुनवरा नदी नजिकै ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल नम्बर र चालक प्रहरीलाई सार्वजनिक गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.