नांगो फोटो चोर्नेलाई १८ महिनाको जेल सजाय

नांगो फोटो चोर्नेलाई १८ महिनाको जेल सजाय

एजेन्सीः अभिनेत्री जेनिफर लारेन्सको एउटा नग्न तस्बिर सार्वजनिक गर्नेलाई अदालतले १८ महिनाको जेल सजाय सुनाएको छ । अमेरिकन युवा रेयान कालिंसलाई त्यहाँको एक अदालतले १८ महिनाको सजाय सुनाएको हो ।

जेनिफरको उक्तो फोटो सन् २०१४ मा इन्टरनेटबाट सार्वजनिक भएको थियो । लामो अनुसन्धानपछि अदालतले रेयानविरुद्ध यस्तो फैसला गरेको हो । उनीले ६ सय बढी सेलिब्रेटी र सर्वसाधारणको नांगो तस्बिर र भिडियो चोरोको आरोपसमेत अदालतले पुष्टि गरेको छ ।

लारेन्ससँगै अन्य अभिनेत्री स्कारलेट जान्सनको फोटो समेत उनले ह्याक गरेको पाइएको छ । २६ वर्षका रेयानविरुद्ध मे महिनामा दायर भएको रिटमाथि भएको फैसलामा उनी दोषी ठहरिएका हुन् ।

रेयनले यस्ता सेलिब्रेटिको पासर्वड समेत ह्याक गरेको तथ्य खुलेको छ । उनले गुगल र एप्पल कम्पनीले पठाउने इमेल जस्तै यस्ता सेलिब्रेटिलाई झुक्याएर इमेल पठाउने गरेका थिए ।

‘सेलेबगेट’ नामबाट प्रसिद्ध भएको यो केसमा रेयानमाथि ५० आइक्लाउड र ७२ जीमेल एकाउन्ट ह्याक गरेको आरोपसमेत छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.